भ्रष्टाचार छानविन गर्न शक्तिशाली आयोग बनाउने गृहमन्त्री लामिछानेको स्पष्टोक्ति
दोहोरो राहदानीबारे सांसदको प्रश्नको दिएनन जवाफ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न पच्चिसवटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । आज प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले कुनै पनि कालखण्डमा भएकामध्रुये भ्रष्टाचार काण्ड छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्न लागिएको बताएका हुन । गृहमन्त्री लामिछानेले छानविनवाट कोही पनि बेचैन हुनु नपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही हुने बताए ।
उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नतिको आवश्यकता समेत औल्याए । उनले मुद्दा अदालतमा विचाराधीन रहेकाले आफ्नो दोहोरो पासपोर्टबारे आफू अहिले बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सोधेको प्रश्नको जवाफ दिँदै उनले पासपोर्टको मुद्दा अदालतमा विचाराधीन रहेकाले बोल्न उपयुक्त नभएको बताएका हुन् । मन्त्री लामिछानेले लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने पनि बताए । भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने उनले प्रष्ट पारेका हुन ।
प्रतिक्रिया