चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छिन । नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरु परिणाममा पु¥याउने कुरा चुनौतिपूर्ण रहेको बताइन । दोलखाको फिल्म सिटी बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री शर्माले निर्माणपछि नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास प्रकट गरिन ।
मन्त्री शर्माले चलचित्र ऐन छिटो भन्दा छिटो ल्याउने कुरामा सरकार संवेदनशील रहेको जानकारी समेत दिइन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
अध्यक्ष केसीले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न सरकारलाई आग्रह समेत गरे । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको उनको दाबी छ । अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया