६० किलो सुन प्रकरणः २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो दोस्रो चरणको प्रतिवेदन

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सिआइबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले हालसम्म  २० जनालाई पक्राउ नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अझै  २६ जना अभियुक्त फरार रहेका छन् । पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ । समातिएका वालेटका दुई एजेन्टले मात्र ४ अर्बको भुक्तानी भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले दोस्रो चरणको अनुसन्धानमा ४ जना भारतीय र २ जना चिनियाँ गरेर २० जना पक्राउ गरेको छ । गत साउन २ गते हङकङबाट ब्रेक शु भित्र ६१ किलो सुन भन्सार पास भएपछि बरामद भएको थियो । यो प्रकरणमा गत भदौ ३१ गते २९ जना प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो । ब्रेक सु र अन्य सामानमा राखेर पाँच वर्षमा ३१ सय ९४ किलो सुन नेपाल भित्रिएको निष्कर्ष सीआईबीको छ । जसमा ७२ जना संलग्न रहेको खुले पनि ४९ जना मात्रै पक्राउ परेका छन् ।।

प्रतिक्रिया