बनेपा नगरभित्रका अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण

काभ्रेको बनेपा नगरपालिकाले आफ्ना नगरभित्र रहेका अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विभिन्न कारणले आमाबुवा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुवाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत भत्ता वितरण गरिएको हो । बागमती प्रदेशबाट प्राप्त २ हजार रुपैयाँ र नगरपालिकाको तर्फबाट  १  हजार थप गरी आमाबुवा विहीन २१ बालबालिकालाई बनेपा नगरका उपप्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले संयुक्त रुपमा भत्ता वितरण गरेका छन् । बनेपा नगरका उपप्रमुख सापकोटाले ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जसको कोही हुँदैन उसको भगवान् हुन्छ भन्दै उनीहरुको भविष्य झन् उज्जवल हुने बताए । १८ वर्ष भन्दा मुनिका नगरपालिकाका विभिन्न वडाका एक्काइस जनालाई ६ महिनाको जनही  १८ हजारका दरले रकम वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विजया सुवेदीले जानकारी जानकारी दिए । 

प्रतिक्रिया