कर्णाली प्रदेशका मन्त्री महेन्द्र केसीमाथि कांग्रेस सांसदद्धारा ‘अमर्यादित’ र ’अभद्र’ व्यवहार
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीमाथि नेपाली कांग्रेसका सांसदहरूले ‘अमर्यादित’ र ’अभद्र’ व्यवहार गरेका छन् । प्रदेशसभाकोको बैठकमा कांग्रेस सांसदहरूले मन्त्री केसी रोस्ट्रममा जान खोज्दा उनलाई समातेर उनले लगाएको लुगा च्याति दिएका हुन । आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन रोस्ट्रमतर्फ प्रवेश गर्न लागेका मन्त्री केसीमाथि कांग्रेस सांसदले संसदीय मर्यादा विपरित हातपात गरेका हुन् । केही बेर मन्त्री केसी र कांग्रेस संसदबीच तानातानको अवस्था सिर्जना भएको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेर उनले लगाएको लुगा च्याति दिएका हुन् । मन्त्री केसीलाई रोस्ट्रममा जाने सहज बनाउन लागेका मर्यादा पालक र कांग्रेस सांसदहरूबीच धकेलाधकेल भएको थियो । केही बेर चलेको घम्साघम्सीपछि रोस्ट्रममा पुगेका मन्त्री केसीले बजेटमाथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताए । मन्त्री केसीको जवाफलगत्तै सभामुख नन्दा गुरुङले अर्को बैठक असार १७ गते आइतबार दिनको ३ बजे बस्ने गरि बैठक अन्त्य भएको बैठकलाई जानकारी दिइन । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेपछि नेपाली कांग्रेस दलको नेता बिहिन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।।
प्रतिक्रिया