एकीकृत समाजवादीको महाधिवेशनमा आज चार वटा प्रतिवेदन पेश हुने

महाधिवेशनले एक्काईस पदाधिकारी सहित केन्द्रीय समिति चयन गर्ने

एमालेबाट विभाजित भएपछि गठित एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशनमा आजवाट बन्द सत्र सुरु हुँदैछ । आईतबार उदघाटन समारोह सकिएपछि आजवाट महाधिवेशन अन्य बिषयमा प्रवेश गर्ने भएको हो । महाधिवेशनमा राजनीतिकसहित चार वटा प्रतिवेदन पेश हुने सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीले नेपाली विशेषतासहितको समाजवाद शीर्षकको कार्यक्रम अघि सारेको छ । एकीकृत समाजवादी नेतृत्व चयनसहित आगामी कार्यदिशाको टुंगो लगाउन महाधिवेशनमा होमिएको हो । एमाले परित्याग गर्दै नयाँ कम्युनिष्ट पार्टीको रुपमा स्थापित एकीकृत समाजवादीले तीन बर्षपछि पहिलो महाधिवेशन गरेको हो । महाधिवेशनले अध्यक्षसहित २१ पदाधिकारी, २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुरु भएको महाधिवेशनमा १ हजार ८ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।  हिजो महाधिवेशन उदाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष माधव नेपालले एमाले परित्याग गर्नुको औचित्य पुष्टि भएको बताएका थिए । एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरवहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत दलका नेता भने सहभागी भएका थिए । तर एमाले अध्यक्ष ओली भने सहभागी भएनन । एमाले अध्यक्ष केपी ओलीले आन्तरिक विवाद चर्किदै गएपछि दोस्रो पटक संसद विघटन गरेपश्चात् नेता नेपालको अगुवाइमा एकीकृत समाजवादी गठन गरिएको थियो । 

प्रतिक्रिया