प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीविच भेटवार्ता

जनमत र नाउपालाई सरकारमा समेटन सत्ता गठबन्धन बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीविच आज विहान भेटवार्ता भएको छ । सत्ता साझेदार दुई नेताविच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । सत्ता साझेदार दलहरुको बैठक आज साँझ बोलाईएको छ । बैठकअघि रणनीति बनाउन दुई नेताले छलफल गरेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बैठक बस्न लागेको हो । बैठकअघि उनले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग आईतबार नै छलफल गरिसकेका छन । मन्त्रीहरू फेरबदलका लागि प्रधानमन्त्रीले आज साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका हुन । सरकारलाई समर्थन दिएरपनि बाहिर बसेको दुई दललाई समावेश गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान मन्त्रीपरिषद पुनर्गगठन गर्ने अन्तिम तयारी गरेका छन् । यो पुनर्गठनमा हाल भइरहेका तीन देखि ४ जना मन्त्री बाहिरिनेछन् भने जनमत र नागरिक उन्मुक्तिसहित माओवादीबाट केही मन्त्री थपिने बताइएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, संचारमन्त्री रेखा शर्मालाई फिर्ता बोलाउने माओवादी तयारी छ । प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी नाउपा लाई सरकारमा ल्याउने उनको तयारी छ ।नागरिक उन्मुक्तिलाई नेकपा माओवादी केन्द्रले समालिराखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति छ । जनमत पार्टीबाट अध्यक्ष सीके राउतलाइ परराष्ट्रमन्त्री अफर गरेपनि उसले सरकारमा कसलाई पठाउने तय गरेको छैन ।

प्रतिक्रिया