कांग्रेस पदाधिकारी बैठक आज बस्दै, राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिकाबारे छलफल हुने
प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिकाबारे छलफल हुने नेताहरूले बताएका छन । सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ । पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ । कांग्रेसका ११ वटा भ्रातृ संस्थाको तदर्थ समितिमै सीमित रहेको छ ।।
प्रतिक्रिया