फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी नेसनल ¥यालीले ३३ प्रतिशत मत ल्याउने प्रक्षेपण

बहुमतका लागि दोस्रो चरण निर्णायक

फ्रान्सेली संसदीय निर्वाचनअन्तर्गत पहिलो चरणको मतदानमा अति दक्षिणपन्थी नेशनल ¥याली पार्टीले अग्रता बनाएको छ । सर्वेक्षण अनुसार मरिन ली पेन र जोर्डन बार्डेलाको दल नेसनल ¥याली ३३ प्रतिशत मत प्राप्त गर्दै अगाडि देखिएको छ भने लेफ्ट विङ न्यू पपुलर फ्रन्ट– एनएफपी २८ दशमलव १ प्रतिशत मतका साथ दोस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ ।  राष्ट्रपति इम्यानुयल म्याक्रों नेतृत्वको इन्सेम्बल गठबन्धनले २२.३ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । नेसनल ¥यालीले तल्लो सदनको ५७७ सिट मध्ये २३० देखि २८० सिट र एनएफपीले १२५ देखि १६५ सिटमा जित हासिल गर्न सक्ने प्रक्षेपण छ ।  त्यस्तै राष्ट्रपति म्याक्रोंको गठबन्धन भने ७० देखि १०० सिटमा जित हासिल गर्ने एक्जिट पोलले देखाएको छ । सरकार बनाउन २८९ सिट चाहिनेमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएको छ ।  अब जुलाई ७ मा हुने चुनाव नेसनल ¥यालीका लागि महत्वपूर्ण हुने बताइएको छ ।  दोस्रो चरणको मतदानपछि सरकार कस्तो बन्ने तय हुनेछ । दक्षिणपन्थी पार्टीले कर कटौती, आप्रवासन र कानुन र व्यवस्थामा आफ्नो एजेन्डा अघि सारेको छ । 
 

प्रतिक्रिया