युरो कपको प्रिक्वाटरफाइनलमा आज फ्रान्स र बेल्जियम भिड्दै
युरोपेली च्याम्पियनसिप–२०२४ को प्रिक्वाटरफाइनलमै दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियमको सामना हुँदै छरु। दुई टोलीविचको खेल राती पौने दश बजे सुरु हुनेछ । फिफा फुटबल वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा रहेका दुबैले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न भने सकेका छैनन । फ्रान्स र बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनल र सन् २०२१ मा नेसन्स लिगमा आमनेसामने भएका थिएरु। दुवै पटक फ्रान्सले जित निकालेको थियो । दुई देशविच भएको पछिल्ला छ भिडन्तमा बेल्जियमले एक खेल मात्र जितेको छरु। पछिल्ला दुई युरोमा दाबेदारका रूपमा पुगे पनि बेल्जियम क्वाटरफाइनलबाटै घर फर्केको थियो । आजै पोर्चुगलले क्वाटरफाइनलमा स्थान बनाउन राती पानै एक बजे स्लोभेनियासँग खेल्ने छरु। स्लोभेनिया स्वतन्त्र भएपछि ३२ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरणमा खेल्न लागेको हो । युरो २०००, विश्वकप २००२ र २०१० मा स्लोभेनिया समूह चरणबाटै बिदा भएको थियोरु। स्लोभेनियाले यस पटक तीन बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टिमका रूपमा नकआउट चरणमा पुगेर इतिहास बनाएको होरु। फिफा विश्व वरीयतामा पोर्चुगल छैटौँ र स्लोभेनिया ५७ औँ स्थानमा छरु। गत मार्चमा भएको मैत्री खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० ले हराएको थियोरु। पछिल्लो एक वर्षमा स्लोभेनियाले १५ खेल खेल्दा मात्र एक खेल हारेको छरु। त्यसैले पनि पोर्चुगललाई स्लोभेनियाविरुद्धको खेल अपेक्षा गरे जस्तो सहज नहुने अपेक्षा गरिएको छ ।।
प्रतिक्रिया