नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई जिल्ला अदालत काठमाडौँले ७ दिन थुनामा राख्न आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आइतबार आदेश  दिएका हो ।
शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया