समाजमा रहेका हरेक स्वास्थ्य मानिसले मानसिक रोगीको संरक्षण गर्नुपर्छ: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले समाजमा रहेका हरेक स्वास्थ्य मानिसले मानसिक रोगीको संरक्षण गर्नु पर्ने बताएका छन । सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले समाजमा रहेका मानसिक रोगी प्रति हेर्ने  दृष्टिकोण नकारात्मक भएका कारण समयमा उपचार हुन नसकेको बताएका हुन । मुख्यमन्त्री कँडेलले आफ्नो रोग बारेमा खुलेर भन्न सक्ने वातावरण नहुदाँ दिन प्रति दिन रोगीको संख्या बढ्दै गएको भन्दै चिन्ता प्रकट गरे । 
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकार समाजमा रहेका मानसिक रोगी प्रति सम्बेदनशिल रहेकोपनि बताए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत मानसिक स्वास्थ्यको विषय समेत समेटेको उनको दाबी छ । 

प्रतिक्रिया