संसद दिवसका अबसरमा सभामुख, पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षको धारणा यस्तो

सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन ।  ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताएका हुन । सभामुख घिमिरेले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । 
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गएको गुनासो गरे । संसद नागरिकका ऐन, कानून बनाउनतर्फ चुकेको जिकिर गर्नुभयो । समयमा ऐन, कानून निर्माण गर्न संसदले ध्यान नदिएको उनको भनाइ छ । 
उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाइन भने राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको टिप्पणी गरिन ।
कार्यक्रममा पूर्व सभामुखहरुले प्रतक्ष्य र समानुपातिकलाई एउटै संसदमा राखेर संसद राखेर प्रभावकारी काम हुन नसक्ने बताए । संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको र देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको पूर्व सभामुखको भनाइ छ । 
समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएपनि समावेशिता कहाँ राख्ने भन्नेकुराको यकिन हुन आवश्यक रहेको पूर्व सभामुखहरुको भनाइ छ ।

प्रतिक्रिया