एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा सुरु
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दश औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु भएको छ । काठमाडौंक प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सहभागि भएका छन । उदघाटन अघि पार्टीले काठमाडौं ¥याली समेत प्रदर्शन गरेको थियो । महाधिवेशनमा राजनीतिकसहित चार वटा प्रतिवेदन पेस हुने जनाइएको छ । पार्टी विधान अनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी संख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था छ । त्यसैगरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने नेताको दाबी छ । तर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल तीन जना अध्यक्षको दावेदारका रूपमा रहेका छन । असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि सहभागी छन । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन एकीकृत समाजवादीले गरेको हो । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा एकीकृत समाजवादी गठन भएको हो ।
प्रतिक्रिया