शुक्लाफाँटा नगरका ६ सयभन्दा बढीलाइ अपाङ्गता परिचयपत्र प्रदान
शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका ६ सय तीनजनालाई परिचयपत्र वितरण गरेको हो। ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो।
पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला अरक्षले स्पष्ट पहिचान हुने, मध्यम अपाङता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ।
रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ। पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ।
प्रतिक्रिया