लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। उनीहरूले जम्मा भएको रकम चाहिएको बखत झिक्न पाइन्छ भनेर सर्वसाधारणहरूलाई विश्वास दिलाएर सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको तथा बचतकर्ताहरूको निक्षेप अपचलन गरेको प्रहरीको आरोप छ।

गत चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सहकारीका सञ्चालक पदाधिकारीहरू विरूद्ध तीन करोड रुपैयाँ ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा परेको छ।

प्रतिक्रिया