केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री मुकुल ढकालको माग

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका हुन् । बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेपनि  बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको ढकालले बताए।

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए।उनले ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका छन्।

प्रतिक्रिया