शीतगंगा नगरपालिकाले ८४ वर्ष  नाघेकालाइ नगद सहित सम्मान गर्ने

अर्घाखाँचीको शीतगंगा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ ।  नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको हो । सुपा देउरालीमा आउने पर्यटकलाइ नगरका अन्य स्थानमा पुराउने लक्ष्य समेत राखिएको छ । समग्र नगरको विकासमा सहयोग पुग्ने गरी बजेट र नीति कार्यक्रम ल्याएको जनप्रतिनिधिको दाबी छ ।  
संघिय सरकारको कानून र विधि अनुरुपमा रहेर गाजा खेतीको सम्भाव्यता अध्ययन पनि आगामी बर्ष गरिने नीति तथा कार्यक्रममा समावेस गरिएको छ  ।  स्थानीय रुपमा उत्पादन हुने मदिरालाई ब्रान्डींग गरिने पनि नगरले जनाएको छ । छ । जंगलमा पाइने मौवाको फुलबाट बनाइने रक्सी, स्थानीय रैथाने वाली र फलफुलबाट बनाइने रक्सीको ब्रान्डिंग गरिने लक्ष्य नगरले राखेको हो । बसाइसराइ गरेर पहाड छाडेकालाइ गाउँमा फर्काउने खालका कार्यक्रम पनि नगरले अघि सारेको छ । प्रत्येक पालिकामा कृषि जन्य बस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ ।  अपांगलाई भत्ता स्वरुप मासिक एक हजार रुपंैया उपलब्ध गराउने पनि पालिकाको नीति तथा कार्यक्रममा समावेस रहेको छ ।  

प्रतिक्रिया