बॉके जिल्लामा असार १५ सम्म जम्मा २ प्रतिशत मात्र रोपाई

गतवर्ष यही समयमा २० प्रतिशत धान रोपाई भएको बॉके जिल्लामा असार १५ सम्म आइपुग्दा जम्मा २ प्रतिशत मात्र धान रोपाई भएको छ । सुख्खा मौसमका कारण बाँकेका किसानहरु धानरोप्ने  दिन पर्खेर बसिरहेको हुन । पर्याप्त पानी नपर्दा किसानले राखेका धानका ब्याडहरु चिरा चिरा परेका छन । बाँकेको ३४ हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती  हुने गरेको भएपनि हालसम्म २ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । 
जलवायू परिवर्तनका कारण लामो समय सम्म पानी पर्न नसकेकै कारण समयमा धान रोपाई हुन नसकेको हो । सिक्टा सिँचाइ आयोजनाको पानी सबै ठाँउमा पुग्न नसक्दा पनि समस्या भएको छ । जनप्रतिनिधि भने किसानलाई सुविधान दिन पहल भैरहेको बताउछन । 
असार पन्ध्रमा तामझामका साथ राज्यको ढुकुटी खर्च गरेर धान दिवस मनाउनुको साटो दिवसमा खर्च हुने रकमले किसानलाई सिंचाईको सुविधा दिनुपर्ने स्थानीयको भनाइ छ । बाँकेमा ९० प्रतिशत धानको ब्याड राखिएको र १० प्रतिशत व्याड राख्न बाकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो बर्ष रोपाइँ ढिला हुँदा उत्पादन पनि घटने अनुमान छ । 

प्रतिक्रिया