सत्ता साझेदार दलका शीर्ष नेताबीच सिंहदरबारमा छुट्टाछुट्टै छलफल
सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल,एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रबि लामिछानेबीच छुट्टाछुट्टै छलफल भएको हो । सिंहदरबारमा भएको भेटमा संक्रमणकालिन न्याय,सहकारी प्रकरण लगायतका विषयमा छलफल भएको छ । बजेटदेखि नै सरकारका कामप्रति असन्तुष्ट देखिएका ओलीले भेटमा कुराकानी गरेको बताइएको छ । यसअघि हिजो ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग करिव दुईघन्टा छलफल गरेका थिए । दुई नेताको भेटलाई लिएर सत्ता गठबन्धनमा समस्या आएको आंकलन गरिएकै बेला आज सत्ता साझेदार दुई नेताविच कुराकानी भएको हो ।
प्रतिक्रिया