आज संसद दिवस विविध कार्यक्रममा साथ मनाइदै

आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताए । यस्तै उहाँले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन । 

प्रतिक्रिया