गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री नियुक्त
गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो । देवकोटाको नियुक्तिसँगै ४ सदस्य हुने मन्त्रपरिषदलाई बजेट पारित भएपछि मात्रै कांग्रेस र राप्रपालाई समेटेर पूर्णता दिने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् । गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो । तर सर्वोच्चले देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश गरेपछि उनी पुन मन्त्री बनेका हुन ।
प्रतिक्रिया