४ बर्षअघि देखि आतंक मच्चाइरहेको चितुवा समातिएपछि स्थानियहरु हर्षित

चितुवाको आतङ्कबाट त्रसित भएका बर्दिया गुलरियाका स्थानीयहरु डिभिजन बन कार्यालयको पहलमा चितुवा पक्रन सफल भएपछि खुशी भएका छन् । गुलरिया नगरपालिका–१ शंकरबस्तीका नागरिकहरु सम्साझै चितुवाले घरपालुवा जनावरलाई घरको आगनबाट नै लगेपछि त्रसित भएका थिए । गाउँमा चितुवाले आतंक मच्चाईरहेको जानकारीपछि बन कार्यालयले चितुवा चहल पहल गर्ने स्थान पत्ता लगाई क्यामेरा जडान गरेर चितुवा समात्ने फलामे पिजडा शंकरबस्तीमा लगेर राखेको थियो । सोही पिजडामा जोडिसहित आएको चितुवा मध्ये वयष्क भाले चितुवा शुक्रवार राती परेको हो । 
गाउँमा ४ बर्षअघि देखि आतंक मच्चाइरहेको चितुवाले ३० वटा कुकुर, २० वटा बाख्रा तथा गाईबस्तुहरुलाइ आक्रमण गरी मारेको थियो । पीजडामा परेको जोडी चितुवा मध्ये अर्को पोथी चितुवा भारतीय जंगलतर्फ गएकाले आफ्नो साथी खोज्न फेरी गाउँतर्फ आउने होकि भन्ने चिन्ता स्थानीयलाई रहेको छ ।  
पक्राउ परेको चितुवा डिभिजन बन कार्यालय बर्दियाले बर्दिया राष्ट्रिय निकुन्जलाई जिम्मा लगाउने वताईएको छ ।

प्रतिक्रिया