बर्षायाममा पनि इलाममा पर्यटकीय चहलपहल बढ्दो

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये अग्रणी स्थानमा रहेको जिल्ला इलाममा असार महिनामा पनि उल्लेख्य मात्रामा स्वदेशी तथा विदेशी पर्यटक पुगिरहेका छन् । पूर्वी नेपालकै मनोरम पर्यटकीय केन्द्रका रुपमा रहेका कन्याम र श्री अन्तुडाँडाको अवलोकनका लागि पर्यटकहरु इलाम पुग्ने गर्दछन् । देशका अन्य स्थानमा गर्मीले आकुलब्याकुल बनाइँरहँदा कन्यामको शितलतामा रमाउनका लागि पनि पर्यटकहरु पुग्ने गरेका छन् । 
काठमाडौँसहित तराईका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गर्मी छल्न पर्यटकहरु इलाम पुग्ने गरेका छन् । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढीलगायतका सेवाहरू उपलब्ध छन् । 
कन्यामबाट श्रीअन्तु, झण्डीडाँडा, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । तीनै तहका सरकारले स्पष्ट योजना बनाउन सके इलाममा थप पर्यटन प्रवद्धन हुने स्थानीयको विश्वास छ । 

प्रतिक्रिया