पचली भैरवकोे १२ वर्षे खड्ग सिद्धि जात्रा विधिपूर्वक सम्पन्न

काठमाडाँकोे पचली भैरवकोे १२ वर्षे खड्ग सिद्धि जात्रा विधिपूर्वक सम्पन्न भएको छ । हरेक १२ वर्षमा विजया दशमीका दिनदेखि शुरु भएर भलभल अष्टमीका दिन खड्ग सिद्धि जात्रा समापन हुने परम्परा अनुसार शनिवार समापन गरिएको हो । समापन अघि काठमाण्डौको भोछेँ ननीमा तान्त्रिक नाच देखाइएको थियो ।  
तान्त्रिक नाच देखाएपछि  देवगणहरुलाई सिजाः खुवाउने परम्परा रहेको छ । यसरी सिजा खुवाए भोछेँ ननीमा देवगणको मृत्यु हुने मानिन्छ । त्यसपछि विधिपूवर्क पूजा गरेर मृतक देवगणलाई बोकेर मरुटोलमा रहेको काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने  गरिन्छ । त्यसपछि देवगणलाई पचली भैरवको देव घर ज्यावहालमा पुरु¥याइने गरिन्छ । ज्याबहालमा पुर्रुयाएका देवगणलाई पुनः मान्छे मर्दा बजाइने बाजा, सिबाजा बजाएर टेकुमा रहेको पचली भैरवस्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाएसँगै १२ वर्षे जात्रा सम्पन्न हुने गर्दछ । यसपटकको १२ वर्षे जात्राको तान्त्रिक नाच काठमाण्डौको वटु, मरु, इन्द्रचोक, हनुमानढोका, टोखा, ललितपुरलगायतका विभिन्न ठाँउमा प्रर्दशन गरिएको थियो । 

प्रतिक्रिया