पेरुको तटीय क्षेत्रमा ७.२ म्याग्निच्यूडको भूकम्प, ठूलो क्षतिको अनुमान

पेरूको मध्य तटीय क्षेत्रमा आज सात दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरीमा ३० किलोमिटरको गहिराई केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध भएको छैन् । भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन् । ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछिसुनामीको कुनै खतरा नरहेको जनाएको छ ।
 

प्रतिक्रिया