समय आएपछि दासढुङ्गा हत्याकाण्डको सत्यतथ्य बाहिर आउँछ: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्।राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरुलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने बताएका हुन्।
‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै,’ ओलीले भने, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।’
ओलीले भने, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ। नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन्। यसको रहस्य पनि खुल्छ कुनै दिन।’
प्रतिक्रिया