आफूहरु बामपन्थी एकताको प्रक्रियामा अघि बढीसकेको प्रधानमन्त्री दाहालको दाबी

जनमानसमा सिर्जना गरिएको नकारात्मक भाष्य चिर्न आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका हुन । प्रधानमन्त्री दाहालले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएकोपनि बताए । 
प्रधानमन्त्री दाहालले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताएका हुन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताए । 
उपाध्यक्ष सापकोटाले समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताएका हुन । सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने उनको भनाइ छ । पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।। 

प्रतिक्रिया