रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष तथा सा‌ंसद प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको उनको भनाइ छ । रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने उनले बताए । 

प्रतिक्रिया