वृक्षारोपण रोप्नका लागि मात्रै नभई समृद्धिका लागि हुनुपर्छ: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण रोप्नका लागि मात्र रोप्ने नभई समृद्धिका लागि हुनु पर्ने बताएका छन्  । डिभिजन वन कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा शुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उनले वृक्षारोपण गरेपछि वेवास्ता गर्ने अहिलेसम्मको अवस्थालाई अब बद्ल्न आवश्यक रहेको औल्याएका हुन । मुख्यमन्त्री कँडेलले सरकारीस्तरबाट गरिएका कार्यहरु क्या राम्रो हुँदा रहेछन भन्ने अनुभूति हुने गरि वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । 
मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेर मात्र नपुग्ने हुँदा रोपेका बिरुवाहरुको उचित हेरचाह, संरक्षण तथा दिगोव्यवस्था गर्ने कार्य सबैको जिम्मेवारी भएको उनको भनाइ थियो । वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले वीरेन्द्रनगर–११, सुब्बाकुनादेखि वीनपाकै वडा नम्वर १, बाङ्गेसीमलसम्मको रोडको डिभाइडरमा गर्ने बताएको छ ।  ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण भन्ने मुल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्यमूल प्रजातिका वृक्षाहरु रोप्ने कार्य शुरु गरेको छ । 

प्रतिक्रिया