दश बर्षमा पनि पुरा भएन गेउरिया पुल निर्माण कार्य

मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्र्तगत गेउरिया पुलको निर्माण कार्य दश बर्षमा पनि पुरा हुन सकेको छैन । कानेपोखरी गाउँपालिका २ स्थित गेउरीया पुलको निर्माण कछुवा गतिमा भैरहेको हो । अख्तियार र सडक बिभागको टोलीले अनुगमन गरेर काम चाँडै सक्न निर्देशन दिएको चार महिना वित्दा पनि पुल निर्माणले गति लिएको छैन । 
अहिले पुलको उत्तर र दक्षिण तर्फबाट माटो भर्ने र पुलको रेलिङ निर्माणको काम भैरहेको छ । पुल निर्माण नहुँदा यो बर्षको बर्षामा समेत स्थानीयले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था छ । 
पुल निर्माण समयमा सक्नका लागि जनप्रतिनिधिले पहल नगरेको स्थानीयको गुनासो छ । पुल निर्माणको ठेक्का २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले लिएको थियो । १५ मिटर लम्बाई पुल १ करोड १८ लाख रुपैयामा निर्णया गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया