सिन्धुलीको ग्रामीण क्षेत्रमा आयुर्वेद औषधीहरुको उपयोग बढ्दै

सिन्धुलीको ग्रामीण क्षेत्रमा पनि आयुर्वेद औषधीहरुको उपयोग बढ्दै जान थालेको छ । जिल्लामा आयुर्वेदिक पद्धतीबाट उपचार गर्ने गराउने र औषधी सेवन गर्नेहरुको संख्या दिनदिनै बढदै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको पछिल्लो तथ्यांकले देखाएको छ । सिन्धुलीमा आयुर्वेद उपचार पद्धति र आयुर्वेद औषधीहरुको उपयोग बढाउनका लागि जीवनशैली व्यवस्थापन, तनाव व्यवस्थापन, योग अभ्यास जस्ता क्रियाकलापहरु संचालन हुँदै आएको छ ।  जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा सेवा विस्तार गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डाक्टर अर्जुन उपाध्यायले बताए । 
 

प्रतिक्रिया