बोलिभियालाई हराउदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबलमा उरुग्वेले उत्कृष्ट जित निकालेको छ ।  अमेरिकाको मेटलाइफ स्टेडियममा आज विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै १५ पटकको च्याम्पियन उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा पुगेको छ । उरुग्वेको जितमा फाकुन्डो पेलेस्ट्री, डार्विन नुनेज, म्याक्सिमिालनो आराउजो, फर्डिको भेल्भर्डे  र रोड्रिगो  बेन्टाकौरले गोल गरे । उरुग्वेले अब अर्को खेल आयोजक अमेरिकासँग खेल्नेछ । आजै भएको खेलमा पनमाले अमेरिकालाई २–० गोलले पराजित गरेको छ । खेलमा पानामाका केशर ब्ल्याकम्यान र जोसे फर्डाजोले गोल गरे भने अमेरिकाका लागि फोलारिन बलोगनले एक गोल फर्काए । पराजित अमेरिकाको भने नकआउट चरणको यात्रा भने कठिन बन्दै गएको छ । क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई जित्नै पर्ने दबाब छ । अमेरिकालाई हराएको पनमाको पनि तीन अंक रहेको छ । पनमाले अर्को खेलमा बोलिभियासँग खेल्नेछ । ग्रुप सीमा रहेको उरुग्वे जितपछि ६ अंकका साथ तालिकाको शीर्षमा कायमै छ । यस्तै अमेरिका दुई खेलबाट तीन अङ्कसहित दोस्रो, समान अङ्क भएको पानामा तेस्रो र पुछारमा रहेको बोलिभिया अङ्कविहिन छ । 


 

प्रतिक्रिया