नतिजा चित्त नबुझे अनलाइनबाटै एसईईको पुनर्योग निवेदन दिन सकिने
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरिएको छ । कार्यालयमा विद्यार्थीको चाप घटाउन भन्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले यस वर्षदेखि अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था गरेको हो ।
पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया