यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो । विगत वर्षदेखि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष सन्देश प्रवाह, धान बालीको ठुलो ब्लकको, मेसिनरी प्रयोग भएकोले चितवनमा मनाइने निर्णय गरिएको कृषि विभागले जनाएको छ।
नेपालमा हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको विभागको तथ्याङ्क छ । गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै भएको थियो । केन्द्र सरकारले विगत वर्ष बागमती प्रदेशमा मात्रै धान दिवस मनाउँदै आएको छ । आगामी वर्षमा अरू प्रदेशमा पनि यो दिवस मनाउने विभागको भनाइ छ ।धान उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्न नेपालमा २०६१ देखि दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया