मन्त्री र सांसदहरुले समय दिन नसक्दा कानून बन्न ढिला भयोः शिक्षा समिति सभापति

तोकिएकै समयमा उपस्थित हुन मन्त्रीहरुलाई आग्रह

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरु उपस्थित हुन नसक्दा कानून निर्माणमा ढिलाइ भएको बताएका छन् । बिहिबार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरेपनि समय छैन भन्दै टार्ने गरेको भन्दै आपत्ति जनाएका हुन् । बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानून निर्माण गर्न समय लाग्ने उनको भनाइ छ । सभापति थापाले मन्त्री सम्बन्धित समितिले बोलाएको बैठकमा समयमै उपस्थित हुनैपर्ने बताए । 
उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसदमा पेश नगरेसम्म मन्त्रीको प्रश्ताव आएपनि आफू नजाने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया