बर्दियामा मानव वन्यजन्तु असमझदारी न्यूनिकरण विषयक अध्ययन सुरु

बर्दियामा मानव वन्यजन्तु विचको असमझदारी न्यूनिकरणका विषयमा विज्ञको टोलीले अध्ययन सुरु गरेको छ । बन्यजन्तुको आक्रमणवाट मानवीय, कृषि क्षति, पशुचौपाया क्षतिका घटना बढेपछि विज्ञले त्यसबारेमा अध्ययन थालेका हुन । अध्ययन टोलीमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले वन्यजन्तुको क्षेत्रमा मानवीय वस्ती बस्दा मानवीय तथा भौतिक क्षति हुने गरेको बताए ।  
प्रशासन र जनप्रतिनिधिहरुले वन्यजन्तु र मानव विच हुने द्धन्दमा घाइतेको उपचार तथा राहतमा राज्यले खर्च गरे बराबरको रकम वन्यजन्तु व्यवस्थापनमा खर्च गर्न नसक्दा समस्या बढेको बताए । 
बर्दियामा वन्यजन्तु बसोबास गर्ने क्षेत्रमा पानिको मुहान थुनिएका कारण पानीको खोजीमा बस्तीतर्फ वन्यजन्तु प्रवेश गरी मानव वन्यजन्तु द्धन्द सिर्जना हुने गरेको छ ।
 

प्रतिक्रिया