‘एसईई’को नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत विद्यार्थी एघारमा भर्ना हुन नपाउने

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यामिक शिक्षा परीक्षा ‘एसईई’को नतिजा सार्वजनिक गरेको छ । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।  परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी उर्तिण भएका छन । तिमध्ये एक सय ८६ जनाले फोर जिपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीको नतिजा अनुत्तिर्ण अर्थात ननग्रेड आएको छ । परीक्षामा अनुत्तिर्ण अर्थात नन् ग्रेडेड  ५२ दशमलब १४ प्रतिशत विद्यार्थीले कक्षा एघारमा भर्ना हुन नपाउने भएका हुन । यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक लिखित तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी ननग्रेड भएका हुन । यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन् ।  ‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ भएको हो । दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ । दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था बोर्डले गरेको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । त्यसपछि भने पुनः सबै विषयको परीक्षा दिनुपर्नेछ । ‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएका थिए । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ ।।

प्रतिक्रिया