एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई अन्तिम रुप दिने तयारी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाउनेछ । बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने नेताहरुले बताएका छन । यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुषालले नेतृत्वमा दाबी गर्दै आएका छन।
प्रतिक्रिया