बोलिभियामा सैन्य कू को प्रयास गर्ने जनरल जुआन जोसे जुनिगा पक्राउ
नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने राष्ट्रपतिको घोषणा
बोलिभियामा सैन्य कू को प्रयास भएको छ । बख्तरबन्द गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ को प्रयास गरेका हुन । तर राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगा रहेका छन । उनले आफुले लोकतन्त्रको पुनसंरचना गर्न चाहेको बताएका थिए । राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन् । साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया