दक्षिण अफ्रिका पहिलो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा

अफगानिस्तान नौ विकेटले पराजित

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको हो । दक्षिण अफ्रिका ट्वान्टी–२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । उसले अब भारत वा इंग्ल्यान्डमध्ये एकसँग उपाधिका लागि खेल्नेछ ।  ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट मैदान अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हन्ड्रिक्सले २९, एडेन मार्क्रमले २३ र क्विन्ट डी कक भने ५ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५६ रन मात्र बनायो । अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईको १० रन नै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिका लागि  मार्को ज्यान्सनले तीन विकेट लिए । यस्तै तबरेज शाम्सीले पनि ६ रन मात्र दिएर तीन विकेट आफ्नो नाममा लेखाए । यस्तै कागिसो रबाडा र एनरिक नोर्ट्जे ले दुई/दुई विकेट हात पारे । 
 

प्रतिक्रिया