बाढी बस्तीमा पस्दा सप्तरी रुपनीका ५० घर डुबानमा

अविरल वर्षासँगै खाडो नदीमा आएको बाढी बस्तीमा पस्दा सप्तरीको रुपनी गाउँपालिका–१ का ५० घर डुबानमा परेको छ । खाडो नदी शम्भुनाथ नगरपालिकाको सिमानामा रहेको तटबन्ध भत्काएर बस्तीमा प्रवेश गरेको हो । निरन्तर वर्षाका कारण राजविराज नगरपालिकामा पनि एक सयभन्दा बढी घर डुबानमा परेका छन् । वर्षामा परेको पानीको उचित निकास नहुँदा घरहरु डुवानमा परेको हो । त्यस्तै, महुली खोलाको पश्चिमी बाँध भत्किएपछि तिरहुत गाउँपालिका वडा नम्बर ५ ,२ र १ का सयौं बस्ती डुवानमा परेका छन् । सप्तरीको ग्रामिण क्षेत्रमा पनि निकास नहुँदा बस्तीहरू डुबानमा परेको बताइएको छ ।
 

प्रतिक्रिया