नौ वटा सहकारी संस्थाका कागजात माग गर्ने छानवीन विशेष समितिको निर्णय
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका नौ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुको कागजात माग गर्ने निर्णय गरेको हो । समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति सहित वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको र कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाएको जनाएको छ । समितिले आईडियल यमुना, ईमेज, सहारा , समानता, सानो पाइला , सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी सहकारीको कागजात माग गरेको हो । समितिले ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु माग गरेको हो । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।
प्रतिक्रिया