रास्वपा महामन्त्रीको प्रतिवेदनः ओली र प्रचण्डसँग भन्दा बालेनसँग मिल्नु पार्टीका लागि हितकर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा प्रतिवेदन तयार पारेका छन् ।इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्ता भेटका लागि निस्किएका महामन्त्री ढकालले प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उल्लेख गरेका छन् । महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्।
प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्ने ढकाल तयारी छ । । महामन्त्री ढकालले भागवत गीतालाई आफूले सधैँ मानेको र श्रीकृष्णको वचनलाई सधैं टेरेको भन्दै गीताको प्रसंगलाई पनि उल्लेख गरेका छन् ।
त्यहाँ श्रीकृष्णले नभन्नु भने पनि आफूले पार्टीलाई जन्मदाताकै रूपमा लिएको र नेपाली जनताको आशाको रूपमा पार्टी रहेकाले समयमै विषय उठाएको बताए ।उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने बुझाउन तयार पारिएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ।
प्रतिक्रिया