एकीकृत समाजवादीको अध्यक्षमा झलनाथको साथ घनश्यामलाई
नेकपा एकीकृत समाजवादीको नेतृत्व (अध्यक्ष) पदको दाबीबाट सम्मानित नेता झलनाथ खनाल पछि हटेका छन् । नेता खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्। यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ ।
बुधबार खनाल निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो ।
खनाल निवासमा भएको छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए । भुसाल हाल एकीकृत समाजवादीको महासचिव छन् । असार १६ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया