गोर्खा मिडियामा लगानी भएको रकममा सहकारी छानबिन समितिको चासो

सहकारीहरुबाट प्रवाह भएको रकमबारे अनुसन्धान गर्ने निर्णय

सहकारी छानबिन समितिले गोर्खा मिडियामा अन्य सहकारीबाट प्रवाह भएको रकमको स्थितिबारे अनुसन्धान गर्ने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले सो निर्णय गरेको हो । विवादित सहकारीको पछिल्लो साधारसभाको विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको परीक्षण, अन्य आवश्यक वित्त विवरणको कागजात मगाई अनुसन्धान गर्ने निर्णय बैठकले गरेको हो । बैठकले अन्य सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिमा समेत ६ वटा बुँदासहित ९ वटा सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो । गोर्खा मिडियामा प्रवाह भएको रकममा समितिले चासो देखाएको छ । त्यस्तै बैठकले सहकारीको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने पनि गरेको छ । यसअघि गत असार ५ गते बसेको बैठकले कानून मन्त्रालय र कानून आयोगका पदाधिकारीसँग छलफल गरेको थियो । कार्यदेशसँग सम्बन्धित कानूनको स्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडलगायत विषयमा छलफल गरेको समितिले तीन महिनाको समय पाएको छ । जेठ १५ गते गठन भएको समितिले करिब एक महिना छलफलमै सकेको छ । 
 

प्रतिक्रिया