लमजुङमा पहिरोले पुरिएका चार जनाको शव फेला

लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाहरूको शव भेटिएको हो । 

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव बुधबार भेटिएको हाे ।  

पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् ।

प्रतिक्रिया