बाग्लुङको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम सुरु

बाग्लुङ नगरपालिका – १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । बाग्लुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको पहिरो नियन्त्रण गर्न बाग्लुङ नगरपालिकाले उपभोक्ता समितिमार्फत् काम थालेको हो । पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सीले दिएको सुझावका आधारमा तारजाली लगाउने र पानी तर्काउने काम थालिएको हो । 
तीन वर्ष अघिको पहिलो रोकथामको प्रयास नुहुदा वर्खामा पटक–पटक बाग्लुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, बरेङ जाने सडक अवरुद्ध हुँदै आएको छ । यसपटक गण्डकी प्रदेश सरकारको ५० लाख बजेटबाट बाग्लुङ नगरपालिका मार्फत पहिरो रोकथामको काम भैरहेको हो । सडकले बाग्लुङ नगरपालिकाका तीन वटा वडा सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जोडनेछ । असारको दोस्रो सातासम्म पहिरो रोकथामको काम सक्ने नगरपालिकाको भनाइ छ । सडक पुरानै अवस्थामा फर्काउनका लागि १८ करोड खर्च लाग्ने अनुमान छ । 

प्रतिक्रिया