कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन । आज ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको करिव एकघन्टा अनुगमन गरेका हुन । मन्त्री अर्यालले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु मानिसहरु कमी देखिएको बताए ।
मन्त्री अर्यालयले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

प्रतिक्रिया