ओखलढुंगामा पहिरोले घर-गोठ पुरिदा एक जनाको मृत्यु

ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेको प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया छोरी मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

प्रतिक्रिया